काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन स्थिर रहेर त्यसदिन पछि लगातार घतबढ भइरहेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ९ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

