लिग वान च्याम्पियन हुन पिएसजीलाई कति अंकको छ आवश्यकता ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ। बुधबार राति भएको खेलमा एन्जर्सलाई पराजित गरेसँगै पिएसजी फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको हो।

मंगलबार राति भएको खेलमा पिएसजीले घरेलु टोली एन्जर्सलाई ३–० ले पराजित गर्यो। पिएसजीको सहज जितमा युवा स्टार किलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गरेका थिए।

स्टेड रेमन्ड कोपा एन्जर्समा बुधबार राति भएको खेलको २८औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जियो रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि तेस्रो गोल कप्तान मार्किन्हसले गरे। उनले खेलको ७७औं मिनेटमा डि मारियाकै पासमा गोल गर्न सफल भएका थिए।

एन्जर्सलाई पराजित गरेपछि पिएसजी फ्रेन्च लिग वान उपाधिको धेरै नजिक पुगेको छ। शीर्षस्थानमा रहेको पिएसजीले ३३ खेलबाट ७७ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको मार्सेको मात्रै ६२ अंक छ। यस्तोमा अब च्याम्पियन्स बन्नको लागि पिएसजीलाई मात्रै एक अंकको आवश्यकता पर्नेछ। बाँकी ५ खेल मध्ये कुनै पनि खेलमा बराबरी मात्र खेलेको खण्डमा पनि पिएसजी च्याम्पियन बन्नेछ।

पिएसजीले आगामी शनिबार सातौं स्थानको लेन्ससँग खेल्दैछ। सो खेलमा बराबरी मात्र निकालेको खण्डमा पनि लिग वानको उपाधि पिएसजीको हुनेछ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१०:५८

युनाइटेडको शिर्ष चारमा अटाउने बाटोमा काँडै-काँडा, यी पाँच टोलीको गर्न बाँकी छ सामना !