ज्योतिषशास्त्रका अनुसार हरेक ग्रहले आफ्नो राशि परिवर्तन गर्छ। सूर्य ग्रहले प्रत्यक एक महिनामा आफ्नो राशि परिवर्तन गर्ने गर्छ। यसै वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते सूर्य मेष राशिमा परिवर्तन भई यस महिनाको अन्तिमसम्म मेष राशिमा रहनेछ। यो समय कतिपय व्यक्तिहरुको लागि निकै शुभ समय हुनेछ। आउनुहोस् जानौं कुन राशिका व्यक्तिहरू हुन्, जसका लागि वैशाखको अन्तिमसम्मको समयले हरेक काममा सफलता, सम्मान, सुख र समृद्धि प्रदान गर्नेछ।
मेष राशि
मेष राशिका व्यक्तिहरुका लागि यो समयमा धन सम्पत्तिमा वृद्धि हुनेछ। करियरमा ठूलो प्रगति हुने देखिन्छ। नयाँ कार्यको अवसर प्राप्त हुनसक्छ। हरेक क्षेत्रमा प्रगतिको सम्भावना छ। कार्यक्षेत्रमा स्थान परिवर्तन हुन सक्छ। नयाँ घर-गाडी किन्न सकिनेछ।
कर्कट राशि
कर्कट राशिका लागि यो समय आत्मविश्वास बढ्नेछ। सूर्यदेवको कृपाले हरेक काममा सफलता मिल्नेछ। घरमा धार्मिक कार्य आयोजना हुनसक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि पनि यो समय अनुकूल रहनेछ। कुनै पनि उपलब्धि हासिल गर्न सकिन्छ। करियरमा उन्नति हुने, ठूलो परिवर्तन हुने सम्भावना छ।
तुला राशि
यो समयले जीवनका धेरै क्षेत्रमा शुभ फल दिनेछ। हरेक काममा सफलता मिल्नेछ। परिवारबाट सहयोग र खुशी मिल्नेछ। जागिर गर्नेहरूले पदोन्नति पाउन सक्छन्। रमणीय तथा लाभदायक यात्राको सम्भावना रहेको छ। धार्मिक कार्यमा रुचि बढ्न सक्छ।
मीन राशि
मीन राशिका मानिसहरूलाई यो समयले सफलता, सम्मान र आराम दिनेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ जसले प्रगतिको नयाँ बाटो खोल्नेछ। स्थान परिवर्तन हुन सक्छ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। धन बचतमा सफलता मिल्नेछ।