युनाइटेडको शिर्ष चारमा अटाउने बाटोमा काँडै-काँडा, यी पाँच टोलीको गर्न बाँकी छ सामना !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अहिले लिगको छैठौं स्थानमा छ। प्रिमियर लिगको शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुने युनाइटेडको योजनामा अन्य क्लबहरुबाट कडा टक्कर मिलिरहेको छ।

युनाइटेडले सिजनका ३३ खेल खेलिसकेको छ। अब युनाइटेडसँग खेल्नका लागि मात्रै पाँच खेल छन्। शिर्ष चारमा पर्नको लागि युनाइटेडले बाँकी सबै खेल जितेर मात्र पुग्ने छैन। अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ।

युनाइटेड भन्दा अगाडी आर्सनल र टोटेनह्याम छन्। दुवै टोलीले युनाइटेड भन्दा एक खेल कम खेलेका छन्। युनाइटेडको ५४ अंक छ भने आर्सनल र टोटेनह्याम दुवैका ५७ अंक छ। दुवै टोलीले एक खेल कम खेलेका कारण र तीन अंकले अगाडी रहेका कारण युनाइटेड दबावमा छ। शिर्ष चारमा रहनको लागि आर्सनल र टोटेनह्याम दुवै टोलीले आउने दिनहरुमा पराजित हुनुपर्नेछ।

युनाइटेडले खेल्न बाँकी रहेका टोलीहरुमा आर्सनल, चेल्सी, ब्रेनफोर्ड, ब्राइटन र क्रिस्टल प्यालेस छन्। युनाइटेडलाई चेल्सी र आर्सनल दुवैलाई पराजित गर्न हम्मे-हम्मे पर्ने अनुमान लगाउन सकिन्छ। जारी सिजनमा दुवै टोली युनाइटेड भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्।

त्यस्तै अन्य टोलीहरु विरुद्ध पनि युनाइटेडले जित नै निकाल्न सक्छ भन्ने स्पष्ट छैन। पाँच खेल मध्ये कुनै पनि खेल गुमाउने हो भने युनाइटेडको हातबाट च्याम्पियन्स लिग फुत्किनेछ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१३:४९

“रोनाल्डो नभएको भए यस सिजन युनाइटेड रेलिगेसनमा हुन्थ्यो”