बिहिबार गर्नुहोस् यस्ता उपाय: हल हुनेछ हरेक समस्या, प्रशन्न हुनेछिन माता लक्ष्मी !

बिहीबार संसारको नियम पालनकर्ता तथा भगवान विष्णुको लागि समर्पित हुने गर्दछ । यस दिन भगवान विष्णुको पूजा गर्नाले माता लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ । जुन व्यक्तिको जीवनमा भगवान विष्णु र माता लक्ष्मीको कृपा हुन्छ उसको जीवनको हरेक कमजोरी हट्छ। साथसाथै सबै पीडा र कष्टको अन्त्य हुन्छ। माता लक्ष्मीको कृपाले अपार धन र सुख प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दु धर्मको साथै ज्योतिष शास्त्रमा पनि केही यस्ता उपायहरु बताइएको छ जसलाई बिहीबार जसको पालना गर्नाले भाग्योदय हुनेछ ।

बिहीबार गर्नुहोस् यस्ता उपाय

बिहीबार गर्ने यी उपायहरूले भगवान विष्णु र माता लक्ष्मीकोमात्र आशीर्वाद नभई व्यक्तिको कुण्डलीमा बृहस्पति ग्रहलाई बलियो बनाउँछ। बृहस्पति ग्रह वैवाहिक जीवन, भाग्यको कारक ग्रह हो।

हरेक बिहीबार बिहान सबेरै उठेर नुहाएर भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोस्, यसो गर्नाले पति पत्नी बीच कहिल्यै फाटो आउँदैन । सधैँ सुखी दाम्पत्य जीवनको आनन्द लिन सकिनेछ । साथै माता लक्ष्मीको कृपाले धेरै धन प्राप्त हुन्छ । बिहीबार केसर, पहेँलो चन्दन वा बेसार दान गर्नुहोस्। यदि दान गर्न नसकेमा निधारमा यसको तिलक लगाउनुहोस् । यस उपायले कुण्डलीमा बृहस्पति ग्रह बलवान हुन्छ र शुभ फल दिन थाल्छ।

बृहस्पति ग्रहसँग सम्बन्धित दोष हटाउन बिहीबार नुहाउने पानीमा एक चिम्टी बेसार मिसाएर स्नान गर्नुहोस्। साथै स्नान गर्दा ‘ओम नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्नुहोस्। बिहीबार सम्भव भएमा पहेँलो कपडा लगाउनुस् ।

बिहीबार व्रत बसेर केराको बोटमा जल चढाउनुहोस् । यसले वैवाहिक जीवनमा आउने बाधाहरू हट्नेछ। त्यस्तै यदि विवाहितहरूले यो व्रत राख्छन् भने, यसले उनीहरूको वैवाहिक जीवनमा कहिल्यै समस्या आउँदैन। यस दिन सत्यनारायणको व्रत बस्ने र कथा सुन्नुहोस् वा पढ्नुहोस्। भगवान विष्णुको पूजाको क्रममा गाईको घ्यूको दियो बाल्नुहोस्, साथै पहेँलो फूलको तुलसीको दाल चढाउनुहोस्।

बिहीबारको दिन केही मन्त्रको जप गर्नाले पनि जीवनमा धेरै धन प्राप्त हुन्छ । यी मन्त्रहरू हुन्- ‘ॐ बृं बृहस्पतये नम:, ॐ क्लीं बृहस्पतये नम:, ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम:, ॐ ऐं श्रीं बृहस्पतये नम:, ॐ गुं गुरवे नम: ।’

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१४:३८

एक हप्तामा खुल्दैछ यी ३ राशिको भाग्य, शनिको कष्टदायी दशाबाट मिल्नेछ मुक्ति !