पूर्व ब्राजिलियन खेलाडी भन्छन्-“भिनीसियस जुनियर गधा हुन्”

ब्राजिलका पूर्व फरवार्ड लुइजाओले रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि कडा हमला गरेका छन्। २००२ को विश्वकप विजेताले आफ्नो देशवासीलाई ‘गधा’ भने र उनको गोल गर्ने क्षमतामाथि प्रश्न उठाए।

बुधबार राति (२० अप्रिल) ओसासुनामा रियल म्याड्रिडको ३-१ को जितमा भिनिसियस बेन्चबाट मैदान प्रवेश गरेका थिए। २१ वर्षीय ब्राजिलियन स्टारले म्याड्रिडका लागि गोल गर्ने सुनौलो अवसर गुमाए, तर लुकास भाज्क्वेजको इन्जुरी टाइम गोलको लागि उत्कृष्ट असिस्ट भने प्रदान गरे। लुइजाओले ओसासुना विरुद्ध गोल गर्ने सुनौलो अवसर गुमाएपछि म्याड्रिड स्टार माथि वर्षेका छन्।

“रेइस दा रेसेन्हा” पोडकास्टमा (मार्का मार्फत), ४६ वर्षीयाले कठोर रूपमा भने, “भिनिसियस गधा हो। उसलाई थाहा छैन कसरी गोलकिपरबाट बल खोस्ने, उसलाई थाहा छैन कसरी गोल गर्ने। उसले कडा प्रशिक्षण गर्नुपर्छ, हेड गर्नुपर्छ, सुट गर्नुपर्छ… के ऊ असिस्ट गर्नमा राम्रो छ? ऊ शैतान जस्तै खेल्छ। उसले सुधार गर्नुपर्छ, सिक्नुपर्छ । भिनिसियसले आफ्नो बायाँ खुट्टाले गोल गर्न तालिम गर्नै पर्छ।”

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१६:०४

एरिक टेन ह्याग म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्ने पुष्टि !