सिन्धुलीमा गठबन्धनबाट लखेटिए जसपा, जनमोर्चा र एकीकृत समाजवादी !

सिन्धुली । सिन्धुलीमा सत्ता साझेदार गठबन्धनमध्येका दुई दलले मात्र जिल्लाका नौ वटै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन । सोहि अनुसार नौ वटै पालिकाको प्रमुख र उपप्रमुखमा भागबन्डा गरेर गठबन्धन गर्ने सहमति भएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेपाली कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिकाको उपप्रमुख लिने र नेकपा माओवादी केन्द्रले चार पालिका प्रमुख र पाँच पालिका उपप्रमुख पाउने गरि सहमति भएको हो ।

सत्ता गठबन्धनमा रहेका तीन दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई वेवास्ता गरि दुई दलिय गठबन्धन भएको हो ।

दुई दलिय सहमति अनुसार नेपाली कांग्रेसले कमलामाई नगरपालिका, घ्याङ्लेख गाउँपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा प्रमुख र माओवादी केन्द्रले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा प्रमुख पाउने भएको छ ।

प्रमुख पाउने बाहेकका पालिकामा दुवै दलले उपप्रमुख पाउने भएका छन । जितेका पालिका दुवै दलले छोडेका छ्रैनन भने एमालेले जितेका पालिकामा भागवण्डा गरेका छन ।

२०७४ को स्थानीय निर्वाचनमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, दुधौली नगरपालिका नेकपा एमालेले जितेको थियो ।

सुनकोशी, मरिण र हरिहरपुरगढी नेकपा माओवादी केन्द्रले जितेको थियो भने नेपाली कांग्रेसले गोलञ्जोर, घ्याङ्लेख र तिनपाटन गाउँपालिका जितेको थियो ।

यसैबीच जिल्लाका सबै स्थानीय तहमा दुई दलले मात्र गठबन्धन गरि आफुहरुलाई उपेक्षा गरेको भन्दै अन्य तीन दलले असमति जनाएका छन ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९०७:४८

प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गरिँदै !