“हामी समयमै लयमा आएको भए रियल अर्कै हालतमा हुन्थ्यो”

एजेन्सी – बार्सिलोनाका दिग्गज डिफेन्डर ड्यानी अल्भेसले बार्सिलोना राम्रो लयमा ढिला फर्किएको बताएका छन्। बिहिबार राति रियल सोसिडाड विरुद्धको खेलमा जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा अल्भेसले बार्सिलोना लयमा आउन समय लागेका कारण अन्य टोलीलाई फाइदा पुगेको बताएका हुन्।

अल्भेसका अनुसार बार्सिलोना समयमै लयमा फर्किएको भए अहिले परिस्थिति फरक हुने थियो। समयमै लयमा फर्किएको भए बार्सिलोना फरक तरिकाले प्रतिस्पर्धा गरिरहेको हुने थियो भन्ने अल्भेसको भनाई छ।

“हामी समयमै लयमा फर्किन नसक्नु धेरैका लागि फाइदाजनक रह्यो। हामी समयमै राम्रो लयमा फर्किन सकेको भए आज परिस्थिति फरक हुन्थ्यो। हामी फरक तरिकाले प्रतिस्पर्धा गरिरहेका हुने थियौं। जीवन यस्तै छ, हामी ढिलो आइपुग्यौं।”,अल्भेसले भने,”यो कठिन प्रश्न थियो तर आज हामीले वास्तवमै कडा प्रतिद्वन्द्वीसँग खेल्यौं। हामीले लिग जित्ने छैनौं। तर यो अरूका लागि फाइदा भयो कि हामी ढिला लयमा फर्कियौं।”

सिजनको शुरुवातमा निक्कै कम्जोर प्रदर्शन गरेको बार्सिलोना अहिले पहिला भन्दा राम्रो लयमा छ। प्रशिक्षकमा जाभी नियुक्त भएयता बार्सिलोनाले उच्च प्रदर्शन गरिरहेको छ। हालको अवस्थामा बार्सिलोना लालिगाको दोस्रो स्थानमा छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१२:१२

एम्बाप्पे रियल आउने पूर्व म्याड्रिड दिग्गजले गरे पुष्टि !