ग्रहचक्रमा खलबली मच्चिनेछ आउने ८ दिन, हुनेछ ठूला भन्दा ठूला क्षेत्र प्रभावित !

अप्रिल २०२२ को अन्तिम साता ज्योतिषको दृष्टिकोणले निकै महत्वपूर्ण हुने भएको छ। यो साता ३ वटा महत्वपूर्ण ग्रहले आफ्नो राशि परिवर्तन गर्ने मात्रै नभएर शनिचरी औंशीका दिन सूर्यग्रहण पनि लाग्ने भएको छ। शनिश्चरी औंशीको दिन सूर्यग्रहण लाग्नु, यस्तो संयोग कमै हुने गर्छ। साथै, ग्रहहरूको स्थितिमा यस्ता महत्त्वपूर्ण परिवर्तनहरू धेरै छोटो अन्तरालमा हुनु निकै दुर्लभ हो।

एकपछि एक ३ राशि परिवर्तन 

ज्योतिषशास्त्रका अनुसार २५ अप्रिलमा बुध ग्रह सबैभन्दा पहिले मेष राशि छोडेर वृष राशिमा प्रवेश गर्नेछ। सामान्यतया यो ग्रहले २१ दिनमा राशि परिवर्तन गर्छ तर यसपटक बुध ६८ दिनसम्म वृष राशिमा रहनेछ। जुन धेरै विशेष छ।

त्यसपछि अप्रिल २७ मा धन, सुख र प्रेमको कारक शुक्र ग्रह कुम्भ राशि छोडेर मीन राशिमा प्रवेश गर्नेछ। मीन शुक्रको उच्च राशि भएकोले यो परिवर्तनलाई धेरैजसो अवस्थामा राम्रो भन्न सकिन्छ। जसपछि, सबैभन्दा महत्त्वपूर्ण परिवर्तन अप्रिल २९ मा हुनेछ जब ३० वर्ष पछि शनिले आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि यस राशिमा करिब साढे दुई महिना रहन्छ र त्यसपछि मकर राशिमा फर्किनेछ। अर्को दिन अर्थात् ३० अप्रिलमा शनिचरी औंशीको दिन सूर्यग्रहण लाग्नेछ।

हुनेछ ठूलो असर 

बुध, शुक्र र शनिको गोचरको प्रभाव मौसम, व्यापार, शान्ति, न्यायिक मामिला आदिमा देखिनेछ। यी ग्रह परिवर्तनका कारण मौसममा आकस्मिक परिवर्तन आउन सक्ने, केही स्थानमा पानी पर्ने र कडा गर्मी हुनसक्छ। यसबाहेक व्यापारमा पनि ठूला उतार चढाव देख्न सकिन्छ। अन्य विषयमा विवाद हुन सक्छ। यसले कतिपय ठाउँमा अशान्ति निम्त्याउन सक्छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१२:५९

शुक्रबारको दिन गर्नुहोस् यस्ता ५ कार्य, कहिल्यै हुँदैन धनको कमी !