काठमाडौँमा स्कुटर चोर्ने ग्याङ, यी रहेछन् सदस्य ! [सूची सहित]

काठमाडौँ – मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा सक्रिय रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरी गर्दै आएको एक समूहलाई प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे धुलिखेल नगरपालीका स्थायी घर भएका १८ वर्षिय अरुण नेपाली, १८ वर्षकै धादिङ्ग निलकण्ठ नगरपालीकाका प्रदिप नेपाली, नरदेवी घर भएका १४ वर्षिय रामसुन्दर मानन्धर, काभ्रे नमोबुद्ध नगरपालीकाका १८ वर्षका बिबेश लामा र दाङ सिसामिया घर भएका सूर्य परियार रहेका छन्।

पाँचै जनालाई ‘अप्रेसन बैक हन्ट’का क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ। काठमाण्डौं जिल्लाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गुनासो प्राप्त भएपछि प्रहरी परिसर काठमाण्डौ सो अप्रेसन चलाएको थियो।

अप्रेसनका क्रममा प्रहरी बृत्त स्वयम्भूबाटबाट खटिएको टोलीले बुधबार १ वटा स्कुटर सहित चोरीमा संलग्न अरुण नेपालीलाई पक्राउ गरेको थियो। अनुसन्धान गर्दै जाँदा अरुण नेपालीको गिरोहका व्यक्तिहरुले काठमाण्डौको बिभिन्न स्थानबाट मोटरसाइकल, स्कुटर चोरी गरी ल्याएका स्कुटर लुकाई छिपाई राखेको तथ्य प्रहरीले फेला पारेको थियो।

त्यसपश्चात प्रहरीले काठमाण्डौ महानगरपालीका वडा नं. १५ चौमती स्थित सडकखण्डबाट गिरोहका अन्य सदस्यहरुलाई पनि नियन्त्रणमा लिएको थियो। प्रहरीले ८ वटा चोरीका स्कुटर बरामद गरेको छ। पक्राउ परेकाहरु माथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले फेला पारेका स्कुटरहरु निम्न छन् –

१. इन्जिन नं. JF21E9203153, च्यासिस नं. ME4JF213EB8180989 भएको रातो रङको बा.46 प 8079 नम्बरको Aviator स्कुटर थान- १ ।

२. इन्जिन नं. JF39E-72210579, च्यासिस नं. ME4JF39DEJ7129554 भएको रातो कालो रङको बा.९६ प ३५९९ नम्बरको Dio स्कुटर थान- १ ।

३. इन्जिन नं. JF16F-A8GM09398 भएको कालो रङको बा.३२ प १४७७ नम्बरको Pleasure स्कुटर थान – १ ।

४. इन्जिन नं. JF39E-7-0063702, च्यासिस नं. ME4JF392LD7063671 भएको रातो कालो रङको बा.६० प ५४११ नम्बरको Dio स्कुटर थान- १ ।

५. इन्जिन नं. JF39E-8-0089238, च्यासिस नं. ME4JF392BF8089188भएको रातो कालो रङको बा.६७ प 4613 नम्बरको Dio स्कुटर थान- १ ।

६. इन्जिन नं. JF39F-8-1087436, च्यासिस नं. ME4JF399JG803650 भएको रातो सेतो रङको बा.६७ प 4613 नम्बरको Dio स्कुटर थान- १ ।

७. इन्जिन नं. JF21E-9203153, च्यासिस नं. ME4JF213EB8180989 भएको कलेजी रङको बा.४६ प 8079 नम्बरको Aviator स्कुटर थान- १ ।

८. इन्जिन नं. JF16EA8GK09951 भएको कलेजी रङको बा.३१ प 3758 नम्बरको Pleasure स्कुटर थान- १ ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९२०:१३

वैशाख १६ गते सम्म यी राशिलाई धेरै शुभ ! हेर्नुहोस् साप्ताहिक राशिफल !