चुनावको मुखमा एकाएक माधव नेपाल निराश, चित्त दुखाए !

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको सीट बाँडफाँडप्रति असन्तुष्ट भएका छन्। सत्ता गठबन्धनले गरिरहेको सीट बाँडफाँडप्रति नेता नेपालले असन्तुष्टि जनाएका हुन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोट आफूहरुलाई निराश बनाएको बताए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको नेपालको गुनासो छ।

“पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहबर्द्धक थियो। र यसले राम्रो सन्देश पनि दिएको छ। तर विभिन्न जिल्लाको रिपाेर्टहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन।”,नेपालले भने।

देशभर आफ्नो संगठन भएका कारण आफ्नो पार्टीले देशैभरि सीट पाउनुपर्ने नेपालले बताए। नेकपा एमालेले जितेको ठाउँमा आफूहरुको पहिलो हक लाग्ने नेपालको भनाई छ।

उनले भने,”हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरि हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका थियौँ–नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा त्यही पार्टी। नेपाली कांग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा त्यही पार्टीको उम्मेदवार उठाउनु पर्दछ। त्यसमा आम रुपमा ठिकै छ। तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ। कुरो त यसमा ठिकै भएको थियो। त्यस अनुसार काम भएन।”

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१३:४७

युनाइटेडलाई पछार्दै आर्सनल चौंथो स्थानमा उक्लियो, अब तेस्रो स्थानमा नजर !