अहिलेसम्म कसैले बनाउन नसकेको रेकर्ड रोनाल्डोले बनाए, बितेका छोरामा समर्पित गरे !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले नयाँ किर्तिमान बनाएका छन्। प्रिमियर लिग अन्तर्गत आर्सनल विरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन्।

शनिबार साँझ भएको खेलमा युनाइटेड आर्सनलको घरेलु मैदानमा पराजित भयो। आर्सनलले तीन गोल गर्दा युनाइटेडको तर्फबाट मात्रै एक गोल हुन सक्यो। युनाइटेडका लागि एक मात्र गोल खेलको ३४ औं मिनेटमा रोनाल्डोले गरेका थिए।

सो गोलसँगै रोनाल्डोको प्रिमियर लिग गोल संख्या १ सय पुगेको छ। जारी सिजनमा रोनाल्डोको गोल संख्या १६ पुगेको छ। प्रिमियर लिगमा २७ खेल खेल्दा रोनाल्डोले यो संख्यामा गोल गरेका हुन्। आर्सनल विरुद्धको गोल रोनाल्डोले केहि दिन अगाडी मात्रै बितेका आफ्ना छोराका लागि समर्पित गरे।

रोनाल्डोको रेकर्ड

सन् २००३ देखि २००९ सम्म पहिलो पटक युनाइटेडमा हुँदा रोनाल्डोले कुल १ सय १८ गोल गरेका थिए। त्यसमध्ये ८४ गोल उनले प्रिमियर लिगमा गरेका थिए। आर्सनल विरुद्ध गोल गरेसँगै उनको कुल प्रिमियर लिग गोल संख्या १ सय पुगेको छ। १ सय प्रिमियर लिग गोल पूरा गर्न उनलाई २ सय २३ खेल लाग्यो। यससँगै प्रिमियर लिगमा १ सय गोल पूरा गर्ने ३३ औं खेलाडी भएका छन्।

रोनाल्डोले आफ्नो करियरमा सबै भन्दा बढी गोल रियल म्याड्रिडमा हुँदा गरेका थिए। स्पेनिस लालिगामा रोनाल्डोले कुल ३ सय ११ गोल गरेका छन्। शनिबार आर्सनल विरुद्ध गोल गरेसँगै रोनाल्डो लालिगा र प्रिमियर लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१९:५६

जेसस एक्लैको चार गोल, लिभरपुल भन्दा सिटी ४ अंकले अगाडी !