एमालेको तर्फबाट काठमाडौँको मेयरमा केशव स्थापित ! अन्य स्थानमा को ? [सूचि सहित]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेले वैशाख ३० गते हुँदै गरेको स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार बसेको सचिवालय बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको हो। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगरको प्रमुख र ९ उपमहानगर पालिकाको उम्मेदवार छनोट गरेको छ।

सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उमेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै काठमाडौँ महानगरको उपमेयरमा सुनीता डंगोलको नाम फाइनल भएको छ।

एमालेबाट वीरगन्ज महानगरको मेयरमा विजय सरावगी उमेदवार रहनेछन् भने उपमेयर लोसपाको तर्फबाट रहनेछन्। भरतपुर महानगरको मेयरमा विजय सुवेदी, पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मन्जु गुरुङ, ललितपुरको मेयरमा हरिकृष्ण ब्यञ्जनकारको नाम फाइनल भएको छ। ललितपुरको उपमेयरमा मन्जली शाक्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ।

वीरगन्जको उपमेयर र भरतपुरको उपमेयरको नाम फाइनल भएको छैन। यी दुई स्थानमा एमालेले अन्य दलसँग तालमेल गर्दैछ।

उपमहानगरमा को-को ?

१. इटहरी: प्रमुख यमकुमार सुब्बा/ उपप्रमुख संगीता चाैधरी
२.धरान : प्रमुख मञ्जु काफ्ले/ पदम लिम्बु उपप्रमुख
३.जनकपुर : प्रमुख बाँकी / उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी
६.जितपुर सिमरा: प्रमुख बाँकी/ उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख स्यानी चाैधरी
९.घोराही : प्रमुख नरुलाल चाैधरी/ उपप्रमुख मनकुमारी डिसी
१०.नेपालगन्ज: प्रमुख पशुपति दयाल मिश्र/ उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख रणबहादुर चन्द/ उपप्रमुख कन्दकला राना थारु

प्रकाशित : शनिबार, बैशाख १०, २०७९२१:४८

स्थानीय तह निर्वाचन: उम्मेदवारी दिँदा कति बुझाउनु पर्छ धरौटी ?