आजबाट मेलम्चीको पानी उपत्यकाका धारामा

काठमाडौं उपत्यकामा आजबाट मेलम्चीको पानी उपत्यकाका धारामा झर्ने भएको छ। लामो प्रतिक्षापछि यसरी पानी झर्न लागेको हो। तर बर्षा याम सुरुभएसंगै मेलम्चीको पानी बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

पानी वितरणका लागि उपत्यकामा दश हजार किलोमिटर पाईप विछ्याएको भएपनि आईतबार आधीमा मात्र आउने जनाइएको छ । ऋरु पाईप मर्मत पछि क्रमशः पानी छोड्दै जाने आयोजनाले जनाएको छ । कठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकाल चौरमा पानी आइपुग्नेछ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडले जनाएको छ । गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिनेछ ।

अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ केयुकेएलले जनाएको छ । अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ ।

पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने जनाइएको छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिएको छ ।

गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइने केयुकेएलले जनाएको छ । सरकारले विसं २०७६ फागुनमा पानी पथान्तरण गरेको थियो ।

गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौं ल्याइएको हो ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९०८:०२

टिकटलाई लिएर कांग्रेसमा तनाव, उम्मेदवार छान्न सकस !