युनाइटेडको भयो हरि-बिजोक, आर्सनलले गर्यो राम-धुलाई !

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आर्सनलले घरेलु मैदानमा युनाइटेडलाई ३–१ ले पराजित गरेको हो । सँग हार बेहोरेको छ ।

इमिरेट्स स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट झाँकाले गोल गर्दा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै नुनो टाभारेसको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । २७औं मिनेटमा एडवार्ड एनकेटिएले गोल गरेपनि अफसाइड हुदा गोलले मान्यता पाए । तर, ३४औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

एलेक्स टेलासले पेनाल्टी बक्समा बुकायो साकालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा साका आँफैले गोल गर्न सफल भए । ३४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले नेमान माटिचको पासमा गोल गर्न सफल भएका थिए ।

५७औं मिनेटमा ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा युनाइटेड बराबरीबाट चुक्यो । नुनो टाभारेसले माटिचलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युनाइटेडलाई पेनाल्टी प्रदान गरेपनि ब्रुनो चुके । ७०औं मिनेटमा ग्रानिट झाँकाले मोहम्मद इलनिनेको पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै आर्सनलको शीर्ष चारमा रहने सम्भावना बलियो बन्दा हार भोगेको युनाइटेडको शीर्ष चारको सम्भावना टाढिदै गएको छ । जितसँगै चौथो स्थानमा उक्लिएको आर्सनलको ३३ खेलबाट ६० अंक पुगेको छ । एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१०:१७

च्याम्पियन्स लिग उपाधि आशा गरेका पीएसजी समर्थकले स्वीकार गरेनन् लिग उपाधि !