पिताका लागि अत्यन्त भाग्यमानी हुन्छन् यी राशिका युवती, जन्मजात नै हुन्छ बलियो भाग्य !

ज्योतिष शास्त्रमा हरेक राशिका मानिसका विशेषताहरु बताईएको छ। यस हिसाबले कुनै-कुनै राशिका केटीहरू धेरै भाग्यशाली हुन्छन्। यी युवती यति भाग्यमानी हुन्छन् कि उनीहरु सम्पूर्ण परिवारको सुख र समृद्धिको कारण बन्छन्। खासगरी यी केटीहरु आफ्नो बुवाका लागि निकै भाग्यमानी साबित हुन्छन्।

वृष राशि 

ज्योतिष शास्त्रका अनुसार वृष राशिका केटीहरू बुद्धिमान, मेहनती र इमानदार हुन्छन्। यस राशिका युवती सधैं कुनै लक्ष्य राखेर त्यसलाई प्राप्त गर्न हरेक सम्भव प्रयास गर्ने गर्छन्। जसका कारण उनीहरु द्रुत गतिमा सफलताको सिंडी चड्न सफल हुन्छन्। यस्ता महिलाले आफ्ना पिताको जीवनमा पनि उज्यालो ल्याउँछिन्। बाबुपछि श्रीमानका लागि पनि उनीहरु निकै भाग्यमानी साबित हुन्छन्।

कर्कट राशि 

कर्कट राशिका युवतीहरु आफ्नो बुवा र परिवारका लागि धेरै भाग्यशाली साबित हुन्छन्। उनीहरुको जन्मदेखि नै परिवारको आर्थिक स्थितिमा परिवर्तन देखिन थाल्छ। बुबाको आम्दानी बढ्न थाल्छ। यसबाहेक यी केटीहरू पनि धेरै प्रतिभाशाली छन् र कम उमेरमा ठूलो सफलता हासिल गर्छन्।

कन्या राशि 

कन्या राशिका युवतीहरु धेरै रचनात्मक हुन्छन्। बाल्यकालदेखि नै आफ्नो प्रतिभाका कारण उनीहरु नाम कमाउन थाल्छन्। उनीहरु आफ्नो बुबाको लागि धेरै भाग्यशाली साबित हुन्छन्। यस राशिका युवतीहरुको भाग्यले गर्दा बाबुको काममा लाभ हुन्छ, आय र प्रतिष्ठा बढ्छ।

तुला राशि 

तुला राशिका केटीहरू धेरै बुद्धिमान र सन्तुलित स्वभावका हुन्छन्। यस राशिका युवती निकै प्रतिभाशाली हुन्छन् र आफ्नो लक्ष्यमा समर्पित रहन्छन्। उनीहरुको स्वभाव र व्यक्तित्वले मानिसलाई सजिलै आकर्षित गर्छ। यी महिलाले आफ्नो बुबा र परिवारको सम्मान उच्च बनाउँछन्।

मकर राशि 

शनिको प्रभावका कारण मकर राशिका कन्याहरू मेहनती, इमानदार र धेरै दयालु हुन्छन्। उनीहरु आफ्नो परिवारको मात्र होइन अरुको पनि ख्याल राख्छन्। उनीहरुको यसै स्वभावका कारण सबैले मन पराउँछन्। योसँगै आफ्नो करियरमा पनि धेरै नाम कमाएका हुन्छन्। आफ्नो लक्ष्य हासिल गरेपछि मात्रै उनीहरुले राहतको सास फेर्छन्।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९११:३७

यस्ता मानिसलाई पानी मुनी गएपनि छोड्दैनन् शनिले, जीवन हुनेछ कष्टकर !