लियोनल मेस्सीले शनिबार राति पेरिस सेन्ट-जर्मेन (पीएसजी) का लागि लेन्सको विरुद्ध निकै शानदार गोलका साथ उपाधि जित्ने रातलाई सुनौलो बनाएका छन्।

मेस्सी गत गर्मीमा फ्रान्स गएका थिए र धेरैले विश्वास गर्ने ‘फार्मर्स लिग’ मा मेस्सीले सबै प्रकारका गोल गर्ने रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो। यसको सट्टा यो उनको सबैभन्दा खराब लिग सिजन हुन सक्छ, बार्सिलोनाका लागि डेब्यु वर्ष २००४/०५ पछि, जुन सिजन ७ पटकका ब्यालोन डी ओर विजेताले सात गोल मात्र गर्न सफल भएका थिए।
https://twitter.com/i/status/1517963313551970307
३४ वर्षीय स्टारले लेन्स विरुद्ध शनिबारको खेल अघि मात्र तीन गोल गरेका थिए, जुन खेलमा बराबरी मात्रले पनि माउरिसियो पोचेटिनोको टोलीको लागि उपाधि सुरक्षित गर्ने थियो। शनिबारको खेलमा पहिलो गोल हुन ६८ मिनेट लागेको थियो। खेलको ६८ औं मिनेटमा पीएसजीका लागि मेस्सीले बक्स भन्दा बाहिरबाट निकै उत्कृष्ट गोल गर्दै पेरिस क्लबलाई उपाधि जित्ने बाटोमा अगाडी बढाएका थिए।
🔟 Titres
𝟏𝟗𝟖𝟔 – 𝟏𝟗𝟗𝟒 – 𝟐𝟎𝟏𝟑 – 𝟐𝟎𝟏𝟒 – 𝟐𝟎𝟏𝟓 – 𝟐𝟎𝟏𝟔 – 𝟐𝟎𝟏𝟖 – 𝟐𝟎𝟏𝟗 – 𝟐𝟎𝟐𝟎 – 𝟐𝟎𝟐𝟐
🔴 #𝗖𝗛𝗔𝗠𝗣𝟭𝟬𝗡𝗦 🔵 pic.twitter.com/5Btcym2hPg
— Paris Saint-Germain (@PSG_inside) April 23, 2022
पीएसजीका लागि यस सिजन मेस्सीको लय यति खराब रहँदै आएको छ कि स्वयम् क्लब समर्थकले अर्जेन्टिनी कप्तानको आलोचना गरेका छन्। लेन्स विरुद्धको गोल मेस्सीको मात्र चौंथो लिग गोल रहेको थियो भने समग्रमा नवौं। लेन्सले खेल बराबरीमा ल्याएपछि मेस्सीको गोलले पीएसजीलाई ३ अंक त दिलाउन सकेन तर उपाधि जित्न भने पर्याप्त भयो।

