वर्ष २०७९ लागेपछि कै सबैभन्दा सस्तो भयो सुनको भाउ, कति पुग्यो ?

हप्ताको पहिलो दिन आइतबार नयाँ वर्ष २०७९ लागेपछि कै सबैभन्दा कम विन्दुमा पुगेको छ। गत हप्ताको अन्तिमा दिन कुनै घटबढ नभएको सुनको भाउ आज भने ओरालो लागेको हो। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउमा तोलाको ४ सय रुपैयाँको गिरावट आएको छ। शुक्रबार तोलाको १ लाख ९ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज आइतबार तोलामा ४ सयले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज ४ सय रुपैयाँले ओरालो लागेको छ। गत बिहिबारको तुलनामा कुनै घटबढ नभएको तेजाबी सुनको भाउ आज ४ सयले घट्नु अघि शुक्रबार तोलाको १ लाख ४ सयमा कारोबार भएको थियो। आइतबारको गिरावटसँगै तेजाबी सुनको भाउ प्रतितोला १ लाख कायम भएको छ।

चाँदीको भाउ 

आइतबार चाँदीको मूल्यमा पनि कुनै घटबढ भएको छैन। गत बिहिबारको तुलनामा २० रुपैयाँले घटेर शुक्रबार १३ सय ६० मा कारोबार भएको चाँदी आज हप्ताको पहिलो दिन पनि सोही भाउमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१२:०९

झन्डै १०० अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट !