शुक्र प्रेम, रोमान्स, खुशी, सौन्दर्यको कारक ग्रह हो। जब शुक्रको राशि परिवर्तन हुन्छ, यसले सबै १२ राशिको जीवनका यी पक्षहरूमा राम्रो वा नराम्रो प्रभाव पार्छ। अप्रिल २७, २०२२ मा शुक्र ग्रहले राशि परिवर्तन गर्न लागेको छ। यसको प्रभाव सबै मानिसमा फरक फरक पर्नेछ। तर ३ राशि भएका व्यक्तिहरुमा भने शुक्रको राशि परिवर्तनको प्रभाव निकै शुभ रहनेछ।

अहिले शुक्र कुम्भ राशिमा शनिको राशिमा छ। शुक्रले २७ अप्रिल बिहान ६:२१ मा मीन राशिमा प्रवेश गर्नेछ। यो गोचर ३ राशिका मानिसहरुका लागि निकै शुभ रहनेछ र उनीहरुको जीवनमा धेरै खुशी ल्याउनेछ।
वृष राशि

शुक्रको गोचरले वृष राशिका मानिसका लागि राम्रो दिन ल्याउनेछ। उनीहरुको आम्दानी बढ्नेछ। धन लाभ हुनेछ। रोकिएको धन प्राप्त हुने प्रबल सम्भावना छ। यस बाहेक यो समय जागिर र व्यापारका लागि पनि राम्रो रहनेछ। कार्यक्षेत्रमा पदोन्नति हुन सक्छ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन राशि

मिथुन राशिका मानिसहरुका लागि शुक्र परिवर्तनले धेरै शुभ फल ल्याउनेछ। यो समयले करियरमा सुधार ल्याउनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। पदोन्नति पाउन सकिनेछ। पहिले गरेको मिहिनेतको फल पुरस्कारको रुपमा पाउन सकिन्छ। व्यवसायीलाई लाभ मिल्नेछ। विदेशबाट लाभ मिल्ने सम्भावना छ। विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। जीवनमा रोमान्स बढ्नेछ, पार्टनरसँगको सम्बन्ध राम्रो हुनेछ।
कर्कट राशि

कर्कट राशिका लागि शुक्रको गोचर भाग्यशाली साबित हुनेछ। सबै क्षेत्रमा सफलता मिल्नेछ। कार्यस्थलमा राम्रो वातावरण रहनेछ। पदोन्नति वा कुनै पुरस्कार प्राप्त हुने सम्भावना छ। लामो दुरीको यात्रामा जान सकिनेछ। जीवनमा सुख-सुविधाको वृद्धिले तपाईंलाई खुशी दिनेछ। व्यक्तिगत जीवनमा खुशी रहनेछ। अविवाहितले जीवनसाथी पाउन सक्छन्।

