पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार लियोनल मेस्सी, सर्जियो रामोस र केलियन एमबाप्पेले लेन्ससँग १–१ को बराबरी खेल्दै लिग १ को उपाधि जितेकोमा खुशी मनाएका छन्।

मौरिसियो पोचेटिनोको टोलीलाई इतिहासमा आफ्नो १० औं लिग १ उपाधि सुरक्षित गर्न लेन्सको विरुद्धको खेलमा एक अंक मात्र आवश्यक थियो। दोस्रो हाफमा लियोनल मेस्सीले उत्कृष्ट लामो दूरीको गोल गरे जुन यस सिजन पीएसजीका लागि उपाधि जित्ने गोल भयो।
पेरिस सेन्ट-जर्मेनको आधिकारिक इन्स्टाग्राम खाताले ड्रेसिङ रुममा आफ्नो उपाधि उत्सव मनाउँदै टोलीको केही छोटो भिडियो पोस्ट गरेको छ। भिडियोमा किलियन एमबाप्पे र सर्जियो रामोस दुबैले राम्रो उत्सवको पल बिताएको देखाइएको छ भने लियोनल मेस्सी नेयमारसँगै बसेर उत्सवको आनन्द उठाइरहेका छन्।

३४ वर्षीय फरवार्डले आफ्नो उत्कृष्ट करियरको ३९ औं उपाधि र फ्रान्समा पहिलो पटक उपाधि जितेका छन्। क्लबका लागि अपेक्षाकृत रूपमा कमजोर सिजनमा पीएसजीका लागि लिग वानको उपाधि जित्नु महत्त्वपूर्ण थियो। पेरिसका दिग्गज युइएफए च्याम्पियन्स लिगका साथै कूप डे फ्रान्समा फेरि एकपटक पराजित भए। क्रमश: रियल म्याड्रिड र ओजीसी नाइसले दुबै प्रतियोगिताको राउन्ड अफ १६ चरणबाट बाहिरको बाटो देखाए।
View this post on Instagram
तर, गत सिजन लिललाई लिग उपाधि सुम्पिएको पीएसजी फेरि एकपटक च्याम्पियन बनेको हो। फ्रेन्च च्याम्पियन हुनुको अर्थ माउरिसियो पोचेटिनोको टोली अर्को सिजन च्याम्पियन्स लिगमा समूह चरणमा प्रवेश गर्नेछ र ड्रको पोट १ मा स्थान पाउनेछ।

