माओवादी र कांग्रेसले पेलेपछि भड्किइन् झाँक्री मध्यराति दिइन् कडा चेतावनी !

काठमाडौँ – सत्ता गठवन्धन घटक नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको दुखेसो गरेकी छन्। देशैभर एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक्ल्याउन थालेपछि झाँक्रीले यस्तो बताएकी हुन्।

सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै मन्त्री समेत रहेकी झाँक्रीले गठबन्घनका दलहरूबीच हार्दिकतापूर्ण वातावरण नसकिएको बताएकी छन्। गठबन्घनका दलहरुले दम्भ देखाएको झाँक्रीको आरोप छ।

“गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ। हाम्रा वार्ता संवादमा केही दम्भ देखियो”,झाँक्रीले सामाजिक संजालमा लेखेकी छन्।

सत्तागठबन्धनमा रहेका दलहरु बीच सम्मानजनक सिट बाँडफाँड नगरिएको विषयको हिसाबकिताब हुने पनि झाँक्रीले बताएकी छन्। गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन यसको हिसाब मिलान गर्नुपर्ने देखिएको उनको भनाइ छ।

उनी लेख्छिन्,”यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !”

झाँक्रीले यसो लेखेकी छन् –

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ । हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’

प्रकाशित : सोमबार, बैशाख १२, २०७९०८:१९

कांग्रेसको नीति – ‘करको दायरा बढाउने, दर घटाउने’