लिभरपुलको उपाधि जित्ने सम्भावना जीवितै, एभर्टन रेलिगेसनमा भासियो !

एजेन्सी – मर्सिसाइड डर्वीमा एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । लिभरपुलले घरेलु मैदानमा २–० को सहज जित निकालेको हो ।

एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्ड्रिउ रोबर्टसन र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेको लिभरपुलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

६२औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि परिवर्तित डिभोक ओरिगीले गोल गर्दै लिभरपुलको जित पक्का गरे । ६०औं मिनेटमा नावी केइटाको स्थानमा मैदान छिरेका ओरिगीले अर्का परिवर्तिन खेलाडी लुइस डियाजको पासमा गोल गर्न सफल भएका थिए ।

यो महत्वपूर्ण जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याउँदा उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । लिभरपुलको ३३ खेलबाट ७९ अंक तथा समान खेलबाटै शीर्षस्थानको सिटीको ० अंक छ ।

पराजित एभर्टनलाई भने रेलिगेसनको दवाव बढेको छ । एभर्टन ३२ खेलबाट २९ अंक जोडेर १८औं स्थानमा रहेको छ । एभर्टन रेलिगेसन जोनभन्दा माथिकौ बर्नलेसँग २ अंकले पछि छ ।

अन्य नतिजा
ब्राइटनविरुद्ध साउथह्याम्टन (२–२), बर्नलेविरुद्ध वल्भ्स (१–०) र चेल्सीविरुद्ध वेस्ट ह्याम (१–०)

प्रकाशित : सोमबार, बैशाख १२, २०७९०८:३०

‘आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल’