“मेस्सीको गोलले पीएसजीले लिग जित्यो, रोनाल्डो भने अब युरोपा लिग पनि नखेल्ने”

लियोनल मेस्सीको गोलले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लिग १ को उपाधि दिलाएपछि एक अमेरिकी कमेन्टेटरले क्रिस्टियानो रोनाल्डोको खिल्ली उडाएका छन्।

शनिबार लेन्स विरुद्ध पीएसजीको १-१ को बराबरीमा ३४ वर्षिय खेलाडीले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। गत सिजन एलओएससी लिलसँग उपाधि हारेको पीएसजी लिग १ उपाधि पुन: हाँसिल गर्न मौरिसियो पोचेटिनोको टोलीका लागि यो ड्र पर्याप्त थियो। फ्रान्समा मेस्सीले आफ्नो पहिलो उपाधि मनाउँदै गर्दा, एक कमेन्टेटरले क्रिस्टियानो रोनाल्डो र कमजोर प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडलाई खोतल्न समय लिएनन्।

उनले निम्न भने (डेली स्टार द्वारा उद्धृत): “म्यानचेस्टर युनाइटेडका रोनाल्डो छैटौं वा सातौं स्थानमा कन्फरेन्स लिग टोली बन्ने पक्का छन्। GOAT मेस्सीले वास्तवमै गोल गरे जसले पीएसजीको लागि उपाधि जित्यो।”

यो उल्लेखनीय छ कि म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३-१ ले पराजित भएपछि प्रिमियर लिगको शीर्ष चारबाट बाहिरिने सम्भावना निकै उच्च भएको छ। इमिरेट्स स्टेडियममा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट गोल गरेपनि युनाइटेड अन्ततः ३-१ ले पराजित हुन पुग्यो। हालको अवस्था हेर्दा, रेड डेभिल्स ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ। युनाइटेड हाल चौथो स्थानको आर्सनलभन्दा ६ अंकले पछाडि रहेको छ। यद्यपि गनर्सको हातमा एक खेल बाँकी रहेको छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१६:२४

रियल म्याड्रिडका लागि खुशीको खबर, चेल्सीका डिफेन्डर सित्तैमा जान भए तयार !