एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले शिर्ष चारमा रहनको लागि संघर्ष गर्नुपर्ने अवस्था शिर्जना भएको बताएका छन्। लालिगामा लगातार हार्न थालेसँगै जाभीले बार्सिलोना कठिन अवस्थामा पुगेको बताएका हुन्।
आइतबार मात्रै बार्सिलोना रायो भालेकानोसँग स्तब्ध भयो। बार्सिलोना घरेलु मैदानमै १–० ले स्तब्ध बनेको थियो। बलमा नियन्त्रण राखेरपनि बार्सिलोनाले गोल गर्न सकेन।
यो बार्सिलोनाले एक साता भित्र बेहोरेको दोस्रो हार हो। बार्सिलोना यस अगाडी क्याडिजसँग पराजित भएको थियो।
एक सातामै दुई खेलमा हार बेहोरेपछि जाभीले बार्सिलोनाले अब शिर्ष चारमा अटाउनको लागि संघर्ष गर्नुपर्ने बताए। जाभीका अनुसार रायो भालेकानो विरुद्ध जित निकाल्न सकेको भए बार्सिलोना च्याम्पियन्स लिगका लागि लगभग छनौट भइसकेको हुने थियो।
“हामीले सक्दो प्रयास गर्यौं। तर अहिले हामी अप्ठ्यारो अवस्था आइपुगेका छौँ। अझै शीर्ष चारमा भएरपनि ढुक्क हुने अवस्था छैन। क्याडिज विरुद्धको खेलमा र भालेकानो विरुद्ध जित निकाल्न सकेको भए शिर्ष चारमा स्थान पक्का भइसकेको हुने थियो।”,जाभीले भने।
लालिगामा सबै क्लब केहि न केहिका लागि लडिरहेको हुँदा सबैले राम्रो खेल्ने गरेको जाभीले बताए। जाभी भालेकानो विरुद्ध आफूहरुले राम्रो खेल्न नसकेकै कारण हार बेहोरेको उल्लेख गरे।

