काठमाडौँ – काठमाडौंको कोटेश्वरको डेरामा गो’ली र नक्कली सुन भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गो’ली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भोजपुर नगरपालिका घर भएकी ३५ वर्षिय प्रमिला तामाङ र गोरखा सिरानचोक घर भएका ३३ वर्षिय बिशाल गुरुङ रहेका छन्। दुवैलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको हो। शुक्रबार नै पक्राउ गरिएपनि दुवैलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
दुवैलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
के हो घटना ?
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा दुवै जना डेरा गरेर बस्दै एक थिए। लामो समय सम्म कोठामा कोहि नफर्किएपछि काठमाण्डौ महानगरपालीकाका प्रतिनिधि र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सो कोठाको ढोका खोली कोठा भित्र चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा प्रहरीले चार राउन्ड गो’ली र एक किलो सुन जस्तो धातु बरामद भएको थियो। पछि सो सुन नक्कली भएको खुलासा भएको थियो। प्रहरीले सो कोठाबाट नेपाली सेनाको जर्सी र नेपाल सेनाको नसिलाएको कम्ब्याट पोशाक पनि बरामद गरेको थियो।
पक्राउ परेकी प्रमिला तामाङ उपर प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-६ को ‘हातह’तियार तथा खरखजाना सम्बन्धी’ कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन को म्याद अनुमति लिएर अनुसन्धान अगाडी बढाएको छ।
त्यस्तौ बिशाल गुरूङ र प्रमिला तामाङ समेत उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को देहाय २४९ को ‘ठगी गर्न नहुने’ कसूरमा पनि अनुसन्धान शुरु गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरुले नक्कली सुन देखाएर ठगी गरेको हुन सक्ने आशंका गरेको छ। त्यति केहि घटना भएको भए प्रहरी बृत्त नयाँ बानेश्वरमा सम्पर्क गर्न प्रहरीको अनुरोध छ।