छिट्टै लाग्दै वर्षको पहिलो सूर्य ग्रहण, यी ४ राशिको जीवन हुनेछ निकै कष्टकर !

यस वर्षको पहिलो सूर्य ग्रहण बैशाख १७ गते शनिबार लाग्ने भएको छ । यो सूर्य ग्रहण मेष राशिमा लाग्नेछ। सूर्य ग्रहणले सबै राशिलाई असर गर्छ। सूर्य ग्रहणले केही राशिमा सकारात्मक प्रभाव पार्छ भने केही राशिका लागि नकारात्मक। ज्योतिषीहरुका अनुसार सूर्यग्रहण तीन राशिका लागि निकै विशेष रहनेछ । यस दिन शनिचरी अमावस्याको योग बनिरहेको छ । जबकि त्यसको एक दिन अघि मात्रै सूर्य मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ । जान्नुहोस् सूर्य ग्रहणको समयमा कुन राशिका व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ ।

मेष राशि

सूर्यग्र हणले मेष राशिका मानिसहरूलाई धन हानि वा आभावको कारण चिन्तित बनाउन सक्छ। यस समयमा मेष राशिको मानिसले कसैसँग पनि लेनदेन नगर्नु राम्रो हुनेछ।यस ग्रहणको अवधिमा आफ्नो बोलीलाई पनि नियन्त्रण गर्नुहोस्।

कन्या राशि

कन्या राशिका लागि यो सूर्य ग्रहण शुभ मानिँदैन । यस समयमा कन्या राशिको मानिसले आफ्नो मेहनतको पूर्ण फल पाउन सक्दैनन्। जागिर परिवर्तन गर्ने यो समय राम्रो छैन। यस अवधिमा धैर्यको साथ काम गर्नु पर्दछ ।

तुला राशि

सूर्य ग्रहणले तुला राशिका मानिसहरुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसबाहेक विवाद र कानुनी समस्याबाट बच्नुहोला।

वृश्चिक राशि

यस सूर्य ग्रहण वृश्चिक राशिको लागि करियरको क्षेत्रमा खासै राम्रो छैन । नोकरी-व्यवसायमा विभिन्न समस्याको सामना गर्नु पर्नेछ। अहंकारबाट टाढा रहनु र सकेसम्म नम्र हुनु राम्रो हुनेछ ।

सूर्य ग्रहणको असरबाट बच्ने उपाय

यी चार राशिका व्यक्तिहरूले सूर्य ग्रहणको अशुभ परिणामबाट बच्न गायत्री मन्त्रको जप गर्नुपर्छ र आफ्नो इष्टदेवको पूजा गर्नुपर्छ। सूर्य ग्रहणको समयमा आफ्नो सोच सकारात्मक राख्नुहोस् र दान गर्नुहोस्।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१६:१६

यो महिना निकै शुभ रहन्छ यी ४ राशिलाई, जीवनमा आउनेछ सुखको बहार !