रियललाई हराएपछि बार्सिलोनालाई ‘दशा’ लाग्यो, के-के मात्रै भएन ?

एजेन्सी – गत महिना मात्रै भएको एलक्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडको घरेलु मैदानमा ताण्डव नै गर्यो। त्यसबेला बार्सिलोनाले रियलको पोस्टमा चार गोल हानेको थियो। सो खेलमा बार्सिलोना ४-० ले विजयी भएको थियो।

रियल माथि जित निकालेसँगै बार्सिलोना लालिगा उपाधि होडमा फिर्ता भएको समेत चर्चा भएको। तर त्यसको एक महिना पछि अवस्था बदलिएको थियो। रियल जस्तो टोली विरुद्ध जित निकालेको बार्सिलोना कम्जोर भएको छ। रियललाई हराएपनि बार्सिलोना महत्वपूर्ण दुई उपाधिबाट बाहिरिसकेको छ।

रियललाई पराजित गरेपछि बार्सिलोनाले समग्रमा सात खेल खेलेको छ। जसमा उसले तीन खेलमा मात्रै जित निकालेको छ। त्यसबाहेक बार्सिलोनाले ३ खेलमा हार बेहोरेको छ भने एक खेलमा बराबरी खलेको छ। बार्सिलोनाले एक साता भित्र तीन खेल खेलेको थियो। जसमा बार्सिलोना दुई खेलमा पराजित हुन पुग्यो भने मात्रै एक खेलमा जित निकाल्न सक्यो।

रियल विरुद्धको खेलमा जित निकालेपछि बार्सिलोनालाई एक हिसाबले ‘दशा’ नै लागेको छ। सो खेल पश्चात बार्सिलोनाले सेभिया र लेभान्टे विरुद्ध मात्रै जित निकाल्न सक्यो।

बार्सिलोना यस बीचमा युरोपा लिगबाट बाहिरिसकेको छ भने लालिगा उपाधि दौडबाट पनि बाहिरिसकेको छ। बार्सिलोनाले लालिगा जित्ने सम्भावना लगभग सकिएको छ। अब लालिगा च्याम्पियन बन्न रियललाई मात्रै एक अंक भए पुग्नेछ।

उपाधि होडमा फिर्ता भएको भनिएको बार्सिलोना अब शिर्ष चारका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ। सिजनका पाँच खेल बाँकी रहेको अवस्थामा लय गुमाउनु बार्सिलोनाको लागि घातक सावित हुन सक्छ।

अहिले लालिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६३ अंक छ। तेस्रो स्थानको सेभिया पनि ६३ अंक नै छ भने चौंथो स्थानको एटलेटिकोको ६१ अंक छ। त्यस्तै पाँचौ स्थानको रियल बेटिसको ५४ अंक छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१५:५३

बार्सिलोना चिप्लिएपछि कसले जित्ला त युरोपा लिग ? आयो यस्तो भविष्यवाणी !