लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, सुन १९ दिनकै सस्तो ! कति ?

काठमाडौँ – साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साता उच्च मूल्यमा कारोबार भएर आइतबार र सोमबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन १९ दिनकै सस्तो

लगातार तीन दिन घटेसँगै नेपाली बजारमा सुन १९ दिन यताकै सस्तो भएको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य चैत २४ गते यताकै कम हो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१०:५२

घर घरमा गएर खोज्दा पनि भेटिएनन् महिला उम्मेदवार !