लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो निस्सन्देह सबै समयका दुई महान फुटबलर हुन्। फ्यान, पण्डित र साथी खेलाडीहरू यी दुईबीच को उत्कृष्ट भन्ने बहसमा संलग्न रहेका छन्।

अहिले ब्राजिलका दिग्गज रोनाल्डो नाजारियोले मेस्सी–रोनाल्डोको बहसलाई लिएर गरेको केही टिप्पणीले फेरी तहल्का मच्चाएको छ। यी दुई मध्ये कसलाई रुचाउनुहुन्छ भनेर सोध्दा २ पटकको ब्यालोन डी’ओर विजेताले जवाफ दिए: “उनी [मेस्सी] यो संसारबाट बाहिर छन्। क्रिस्टियानो रोनाल्डो पनि, तर म लियोलाई पूर्ण रूपमा देख्छु। उहाँ महान हुनुहुन्छ। मलाई अरु खेलाडी भन्दा धेरै मन पर्छ। उनले गर्ने सबै काम शानदार छ।”

फुटबल जगत कै सबैभन्दा महान खेलाडी मध्ये एक, रोनाल्डो नाजारियोको टिप्पणीले दुवै खेलाडीहरूको लागि उनको प्रशंसा देखाउँछ। तर, उनी लियोनल मेस्सीलाई क्रिस्टियानो रोनाल्डोभन्दा पूर्ण खेलाडी मान्छन्।

पीएसजीले यो सिजन लिग १ को उपाधि जितेपनि ७ पटकको ब्यालोन डी’ओर विजेता लियोनल मेस्सीबाट उनले गरेको प्रदर्शन भन्दा धेरै धेरै आशा गरिएको थियो। आफ्नै उच्च मापदण्डको तुलनामा, अर्जेन्टिनी कप्तानले यस सिजन २२ लिग १ खेलहरूमा मात्र ४ गोल गरेका छन्।

क्रिस्टियानो रोनाल्डोले पनि म्यानचेस्टर युनाइटेडका लागि कठिन वर्ष बिताएका छन्। पोर्चुगिज सुपरस्टार यस सिजन क्लबका लागि सर्वाधिक गोलकर्ता भए पनि, रेड डेभिल्सले अर्को ट्रफीविहीन सिजनका साथ सिजनको अन्त्य गर्ने तय रहेको छ र शीर्ष चार स्थानमा गुमाउने वास्तविक खतरामा रहेको छ।

