हिन्दू धर्ममा अक्षय तृतीयालाई सबैभन्दा शुभ पर्व मानिन्छ । यस दिन अबुझा मुहूर्त हुने भएको हुँदा यस दिन कुनै पनि शुभ कार्य गर्न सकिन्छ । विशेष गरी यस दिन कुनै पनि चीजको किनमेलको लागि धेरै शुभ मानिन्छ। यस दिन कुनै पनि समान किन्नुको पछाडिको विश्वास यो छ कि यस दिन किनेका चीजहरू लामो समयसम्म टिक्छन्। यस वर्ष अक्षय तृतीया वैशाख २० गते मंगलबार मनाइँदैछ । जान्नुहोस् कुन राशिका लागि यो पवित्र दिन शुभ साबित हुनेछ ।
वृष राशि
वृष राशि हुनेहरुको लागि अक्षय तृतीया निकै शुभ रहनेछ । आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। पैसाको अभाव हट्नेछ । माता लक्ष्मीको कृपाले हरेक काममा सफलता मिल्नेछ । यात्राबाट राम्रो लाभ मिल्ने प्रचुर सम्भावना छ। कार्यस्थलमा ठूलो उपलब्धि हात पार्न सकिनेछ।
कर्कट राशि
यो राशिका लागि अक्षय तृतीया निकै शुभ रहनेछ । हरेक काममा सुनौलो सफलता मिल्ने प्रबल सम्भावना छ । लामो समयदेखि रोकिएका काम यस समया पूरा हुनेछन्। कार्यालयका हरेक काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुने सम्भावना छ । भाग्य बलियो हुनेछ।
धनु राशि
धनु राशिका लागि अक्षय तृतीया शुभ रहनेछ । माता लक्ष्मीको विशेष कृपा हुनेछ। हरेक काममा भाग्यको साथ मिल्नेछ। पुरानो ऋणबाट छुटकारा पाउन सकिनेछ । लगानीका लागि पनि समय उपयुक्त छ । घर वा सवारी साधन किन्न सकिनेछ ।