सुन चैत २४ गते यताकै सस्तो ! कति ?

काठमाडौँ – साताको चौंथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साता उच्च मूल्यमा कारोबार भएर आइतबार, सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन २० दिनकै सस्तो

लगातार चार दिन घटेसँगै नेपाली बजारमा सुन १९ दिन यताकै सस्तो भएको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य चैत २४ गते यताकै कम हो। त्यसदिन पनि आजकै मूल्यमा सुन कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय ४० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९११:००

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध !