एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको मैदानमा ४-३ को हार बेहोर्यो ।
सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे । रियलका लागि फरवार्ड करीम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे । खेलको अधिकांश समय बल पोसेसनमा पकड जमाउँदै रियलको पोस्टमा आक्रमण गरेको सिटीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । रियलले तुलानात्मक रुपमा कम आक्रमण गरेपनि तीन गोल भने गर्न सफल रह्यो ।
खेलपछि रियल म्याड्रिडका दुई गोलकर्ता करीम बेन्जेमा र भिनिसियसले यसो भने :
करीम बेन्जेमा, फरवार्ड – रियल म्याड्रिड : ‘हार कहिल्यै राम्रो हुँदैन किनभने हामी च्याम्पियन्स लिगको बारेमा साँच्चै उत्साहित छौं । हामीसँग यस खेलमा सबै कुराको अभाव थियो – महत्वाकांक्षा, दबाब र आत्मविश्वास । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले कहिले पनि निराश हुँदैनौं र अन्तसम्म डटेर लाग्छौं । अब हामी दोस्रो लेगमा जादुमय प्रदर्शन गर्नेछौं ।’
भिनिसियस जुनिअर, विंगर – रियल म्याड्रिड : ‘हामी एक उत्कृष्ट प्रशिक्षकको साथ एक उत्कृष्ट टोलीको विरुद्ध उत्रेका थियौं । यहाँ खेल्न धेरै गाह्रो छ । तपाईंले पूरा समय खेल्नुपर्छ । दोस्रो लेगको लागि हामीले संयम अपनाउनु पर्छ र मिहिनेत गर्नुपर्छ । हामीले जितका लागि सुधार गर्नुपर्ने धेरै पाटो छ, विशेषगरी खेलको सुरुवात । हामी हारबाट खुसी छैनौं तर बर्नाबेउमा समर्थकको उपस्थितिले पनि स्थिति फरक हुन्छ ।’

