सलाह माथि पिएसजीको नजर, मेस्सीसँगै खेलाउने योजना !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) प्रिमियर लिग स्टार मोहम्मद सलाहलाई भित्र्याउन इच्छुक देखिएको छ। पिएसजी सलाहलाई भित्र्याउन तयार देखिएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

इटालियन पत्रिका क्यालसियो मर्काटोका अनुसार पिएसजी सलाहलाई भित्र्याउन चाहन्छ। पिएसजीले सलाहलाई औअने ट्रान्सफर विन्डोमै भित्र्याउन चाहेको सो पत्रिकाले जनाएको छ।

सो पत्रिकाको दावीलाई मान्ने हो भने सलाहले लिभरपुलबाट भएको पछिल्लो प्रस्तावलाई पनि अस्विकार गरिसकेका छन्। सलाह लिभरपुल छाड्ने पक्षमै देखिएको सो पत्रिकाको दावी छ। युवा स्टार किलियन एम्बाप्पेले क्लब छाडेको खण्डमा उनको स्थानमा सलाहलाई ल्याएर अगाडी बढ्ने पिएसजीको योजना रहेको बताइन्छ।

के साँचै सलाह लिभरपुल छाड्न चाहन्छन् ?

सलाहको लिभरपुलमा सन् २०२३ सम्मको लागि मात्र सम्झौता छ। लिभरपुलले सलाहलाई क्लबमै राख्न चाहेपनि उनले उच्च पारिश्रमिक माग गरेपछि लिभरपुल समस्यामा परेको छ। बताइएअनुसार सलाह साप्ताहिक ४ लाख युरो पारिश्रमिक माग गरिरहेका छन्। तर त्यति धेरै पारिश्रमिक दिन लिभरपुल तयार छैन।

सलाह सहजै लिभरपुल छाड्ने पक्षमा भने छैनन्। सकेसम्म लिभरपुलमै रहने उनको चाहना छ। उनले यसबारे सार्वजनिक रुपमै स्पष्ट पारिसकेका छन्। विभिन्न अन्तर्वार्ताहरुमा उनले लिभरपुलमै रहने आफ्नो चाहना र्ताहेको बताउने गरेका छन्।

तर लिभरपुलले उनका शर्तहरु पूरा नगरेको खण्डमा भने उनले नयाँ क्लबको खोजि गर्न सक्छन्। यस्तोमा सलाहका लागि युरोपमा ठूला भनिएका धेरै जस्ता क्लबहरु बीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१४:११

फाइनलमा पुग्नेमा बेन्जेमा विश्वस्त, भन्छन्-“दोस्रो लेगमा चमत्कार हुनेछ, सिटीको बज्नेछ ब्याण्ड बाजा”