चुनावको मुखमा माधवको पार्टीमा पहिरो, जिल्ला अध्यक्षले छाडे पार्टी !

काठमाडौँ – स्थानीय तहको निर्वाचनको मुखमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई धक्का लागेको छ। मकवानपुर जिल्लाका महत्वपूर्ण एक नेताले पार्टी परित्याग गरेसँगै नेकपा एकीकृत समाजवादी पार्टीलाई धक्का लागेको हो।

पार्टी छाड्नेमा पार्टीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेल रहेका छन्। पोखरेलले बुधबार पार्टी छाड्ने घोषणा गरेका हुन्। स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको बताइएको छ।

पार्टी परित्यागको घोषणा गर्नको लागि पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन नै गरे। त्यसक्रममा उनले एकीकृत समाजवादी पार्टी पनि एमाले जस्तै विधि र पद्धतिअनुसार नचलेको बताए ।

उनी मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको छ भन्ने मान्छन्। त्यस्तै परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई पार्टीले बेवास्ता गरेको समेत उनको आरोप रहेको छ।

पार्टीका नेताहरुले आफुलाई जानकारी नै नगराइ हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा टिकेट दिएको उनले आरोप समेत लगाए। उनले पार्टी गठबन्धनको नाममा एउटा निजी कम्पनीको रुपमा सञ्चालन भइरहेको बताउन छुटाएनन्।

उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले समेत पार्टी त्यागेका छन्। दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने समेत स्पष्ट पारे। पोखरेल र डीसी नेकपा एमाले फुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१४:४७

अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय !