सिवाईसी नेपालको आइपिओ भोलि बिहानै बाँडफाँड हुने, कतिको भाग्य चम्किएला ?

काठमाडौँ – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड वैशाख १५ गते बिहिबार अर्थात भोलि हुने भएको छ। गत सोमबार ४ बजे प्रि-अलटमेन्ट सम्पन्न भइसकेको छ।

वैशाख २ गते देखि वैशाख ६ गते सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड बिहिबार हुने भएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आइपिओ निष्कासन गरेको थियो। कम्पनीले आइपिओको बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटललाई तोकेको छ।

खुल्ला गरेको मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

अन्तिम दिनसम्ममा २२२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका थिए। याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा ६९.५२ गुणा धेरै हाे। मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ।

प्रकाशित : बुधबार, बैशाख १४, २०७९१४:५४

नेप्से परिसूचकमा झिनो सुधार !