काठमाडौँ – सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड सम्पन्न भएको छ। सिवाइसी नेपाल लघुवित्तको आइपिओको बाँडफाँड बिहिबार सम्पन्न भएको हो।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहिबार बिहान आइपिओ बाँडफाँड सम्पन्न गर्यो। बिहिबार बिहान भएको आइपिओ बाँडफाँड अनुसार लक्की नम्वर ९ र ७ रहेका छन्।
कम्पनीले गत वैशाख २ गते देखि कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो। बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणको भागमा परेको थियो।
कम्पनीको आइपिओका लागि अन्तिम दिन सम्म झन्डै ७० गुणा बढी आवेदन परेको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिन मिल्ने अन्तिम दिन मंगलबार सम्म साढे २२ लाख ७७ हजार जनाले आवेदन दिएका थिए। त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
बाँकी २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन मध्येबाट ३६ हजार ९ सय ४० जनालाई १० कित्ताका दरले र बाँकी ८ जनालाई ११ कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। बाँकी २१ लाख ६५ हजार भन्दा बढी योग्य आवेदनकर्ताको हात खालि भएको छ।

