काठमाडौँ – साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत साता उच्च मूल्यमा कारोबार भएर आइतबार, सोमबार, मंगलबार र बुधबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन झन्डै दुई महिना यताकै सस्तो भएको छ
लगातार घटेसँगै सुन नेपाली बजारमा झन्डै दुई महिनाकै सस्तो भएको छ। नेपाली सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य ५८ दिनकै सस्तो हो। गएको फागुन १७ गते महाशिवरात्रि यता आज जति सुन सस्तो कहिले पनि भएको थिएन।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु २० ले घटेको हो। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय २० रुपैंयाँमा कारोबार भइरहेको छ।