बार्सिलोना र डेम्बेले नवीकरण सम्झौता नजिक !

उसमाने डेम्बेलेका एजेन्ट मोउस्सा सिसोकोले बार्सिलोनासँग फ्रेन्च स्टारको सम्भावित अनुबन्ध नवीकरणका लागि छलफल गर्न क्याटालोनियाको यात्रा गरेको बताइएको छ।

अहिलेसम्म दुई पक्षहरू कुनै प्रकारको सहमत भएको छैनन्, तर हाल केही समय अगाडी भन्दा नयाँ सम्झौता बारे समहती जुट्ने सम्भावना बढेको छ। स्पोर्ट द्वारा गरिएको एक रिपोर्टका अनुसार, सिसोकोले डेम्बेलेको आफ्नो आर्थिक मागहरू घटाउने इच्छा व्यक्त गरेका छन्, जुन अझै पनि बार्सिलोनाले प्रस्ताव गरेको धेरै रहेको छ।

ब्लाउग्रानाले सिसोकोको प्रस्तावलाई मूल्याङ्कन गर्ने वाचा गरेको छ र अर्को बैठक आयोजना गरेको छ जुन आगामी दिनहरूमा हुनेछ। यस बीचमा, बार्सिलोनाले पूर्व डर्टमण्ड स्टारको प्रस्ताव सुधार गर्न अनुमति दिने सूत्र फेला पार्न सम्भव छ कि छैन भनेर अध्ययन गर्नेछ।

डेम्बेलेको सम्झौता यसै सिजनको अन्त्यसँगै समाप्त हुनेछ। यसैबीच, क्लब प्रशिक्षक जाभी हर्नान्डेजले पनि अर्को सिजनका लागि फ्रान्सेली स्टारलाई आफ्नो टोलीमा रहेको हेर्ने इच्छा व्यक्त गरेका छन्।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९११:४५

प्रशिक्षक र खेलाडी बीचको भिडन्त: को सही ? को गलत ?