एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले यो सिजन उत्कृष्ट समय बिताइरहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने बेन्जेमाले लगातारको उच्च प्रदर्शनसँगै बालोन डि’ओर जित्ने अभियानलाई निरन्तर जारी राखेका छन् ।
इतिहाद स्टेडियममा मंगलबार राति फ्रान्सेली फरवार्ड बेन्जेमाले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता राखे । उनको दुई गोलको बावजुत रियल म्याड्रिड घरेलु टोली म्यानचेस्टर सिटी ४–३ ले पराजित हुन पुग्यो ।
यो नजिताले दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा सिटी केही हदसम्म अघि रहेको छ । अब दोस्रो लेगको नतिजाले नै फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । अर्काे साता घरेलु मैदान सान्टियागो बर्नबेउमा हुने खेलमा बेन्जेमाले नतिजा उल्ट्याउन सक्नेछ । अवे गोलको अवधारणा हटेकाले रियललाई फाइनल पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ ।
३४ वर्षीय बेन्जेमाले यो सिजन क्लब र राष्ट्रका लागि ४८ खेलमा ४६ गोल र १४ असिस्ट दिएका छन् । जुन उनको लागि एक अभुतपुर्व प्रदर्शन नै हो । स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको दौडमा उनी अघि रहेका छन् । उमेरले बेन्जेमालाई ढिलो गरिरहेको छैन । क्रिस्टियानो रोनाल्डोको छाँयाबाट बाहिर आएपछि उनले कस्तो प्रदर्शन गरिरहेको छ, त्यो सबैले देखेका छन् । लस ब्लान्कोसको लागि उनी मुख्य हतियार नै बनेका छन् ।
सेन्ट्रल फरवार्ड उनी गोलमात्र गर्दैनन् । असिस्ट पनि दिन्छन् । रियल म्याड्रिडको च्याम्पियन्स लिगको दौडमा पनि त्यही गरेका छन् । लिग चरणको ६ खेलमा ५ गोल गरेका उनले नकआउट चरणमा ९ गोल गरिसकेका छन् ।
सुपर कोपा जिताउन महत्वपूर्ण भुमिका निभाएका उनले फ्रान्सलाई नेसन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका उनी फेरि स्पेनको ला लिगाको च्याम्पियन नजिक पुगिसकेको छ ।