पूर्व खेलाडी भन्छन्-“रोनाल्डोले युनाइटेड छाड्नै पर्छ, युनाइटेड आउनु नै गल्ती थियो”

नाइजेरियाका दिग्गज स्ट्राइकर भिक्टर इक्पेबाले क्रिस्टियानो रोनाल्डोले गत समरमा म्यानचेस्टर युनाइटेड फर्कने निर्णय गरेर गल्ती गरेको महसुस गरेका छन्। ३७ वर्षीय फरवार्डले सिरी एमा तीन वर्षको स्पेलपछि २०२१ मा युभेन्टस छोडेका थिए।

रोनाल्डो हाल यो सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन्। उनले यो सिजन रेड डेभिल्सका लागि सबै प्रतियोगितामा दुई ह्याट्रिक (नर्विच सिटी र टोटेनह्याम हटस्पर विरुद्ध) सहित कुल २२ गोल गरेका छन्। रोनाल्डोको व्यक्तिगत प्रतिभाको बाबजुद म्यानचेस्टर युनाइटेडले यो सिजन क्लबको रूपमा डेलिभर गर्न असफल भएको छ। क्लब हाल सबै कप प्रतियोगिताहरूबाट बाहिरिसकेको छ र प्रिमियर लिगको शीर्ष चारमा सिजन समाप्त गर्न संघर्ष गरिरहेको छ।

बोर्डले गत नोभेम्बरमा ओले गुन्नार सोल्स्कजायरलाई लगातारको खराब प्रदर्शनपछि बर्खास्त गरेको थियो। उनको स्थानमा जर्मन रणनीतिकार राल्फ रांगनिकलाई अन्तरिम प्रशिक्षकको रूपमा क्लबसँग आवद्ध भए तर उनले क्लबमा खासै प्रभाव पार्न सकेनन्। जर्मन प्रशिक्षकको स्थानमा आउँदो समरबाट एरिक टेन ह्याग आउनेछन्। जर्मन प्रशिक्षकले क्लबलाई युरोपमा उत्कृष्टसँग प्रतिस्पर्धा गर्नको लागि ठूलो परिवर्तन आवश्यक रहेको महसुस गरेका छन्।

रोनाल्डोको उमेरलाई ध्यानमा राख्दै उक्त परिवर्तनको हिस्सा हुनेछन् कि छैनन्, हेर्न बाँकी छ। यद्यपि, पूर्व बोरुसिया डर्टमन्ड फरवार्ड इक्पेबाले यो गर्मीमा ओल्ड ट्राफोर्ड छाड्नु पर्ने बताउँछन्। इकेपेबाले डेली पोस्ट नाइजेरियालाई भने:”मलाई लाग्छ उसले [रोनाल्डो] क्लब छोड्नुपर्छ। रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कनु गल्ती थियो। उसले गोल गर्ने प्रश्न होइन, स्टार खेलाडी आफ्नो मूल क्लबमा फर्कँदा धेरै कुराहरू हुन्छन्।”

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१७:३१

हालान्ड, पोग्बा जस्ता स्टार खेलाडीका सुपर एजेन्ट मिनो राइओलाको निधन !