अरुको सफलता देखेर जल्छन् यी ५ राशिका मानिस, तपाईं पनि पर्नु भयो कि ?

ज्योतिष शास्त्रमा राशि चक्रको माध्यमबाट प्रकृति मानिसको स्वभाव तथा भविष्य थाहा पाउने बताईएको छ। यस अनुसार केही मानिस यस्ता पनि हुन्छन् जो अरुको सुख र उन्नति सहन नसक्ने हुन्छन्। सफल मानिस र मानिसको सफलता देखेर यी मानिस उनीहरुको इर्ष्या गर्ने गर्छन्। ज्योतिषशास्त्रका अनुसार ५ राशि भएका मानिसमा अरुको सफलताको डाहा गर्ने यस्तो खराब बानी हुन्छ।

मेष राशि 

मेष राशिका मानिसहरु धेरै महत्वाकांक्षी हुन्छन् र आफ्नो काममा अगाडी बढ्न रुचाउँछन्। उनीहरुको यो बानीले उनीहरुलाई सफलता त दिन्छ तर जब उनीहरु कसैको पछाडी परे भने यो कुरा उनीहरुको लागि असहनीय हुन्छ। यी मानिस अन्य मानिस आफू भन्दा सफल भए हेर्न सक्दैनन् र उनीहरुको इर्ष्या गर्छन्।

वृष राशि 

वृष राशिका मानिस बुद्धिमान, मेहनती र इमानदार हुन्छन्। उनीहरुले सफलता पाउँछन् तर यसका लागि उनीहरुले निकै संघर्ष गर्नुपर्ने हुन्छ। त्यसैले जब मिहिनेतले पूरा नतिजा दिँदैन, तब अरूलाई छिटो सफल भएको देखेर उनीहरू जल्न थाल्छन्। यद्यपी उनीहरु सफा मनका हुन्छन्, त्यसैले उनीहरुसँग कसैले पनि कुनै सहयोग माग्यो भने इन्कार गर्दैनन्।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरू आफूभन्दा अगाडि भएका व्यक्तिहरूप्रति ईर्ष्या मात्र गर्दैनन्, तर कहिलेकाहीँ तिनीहरू उनीहरूको बारेमा नराम्रो सोच्नबाट पनि पछि हट्दैनन्।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरु पनि अरुको खुशी सहन सक्दैनन्। अरूलाई खुसी देखेर तिनीहरू ईर्ष्या गर्छन्। यति मात्र होइन, उनीहरुलाई पछि पार्नका लागि अनेकौं युक्ति पनि चलाउँछन्।

कुम्भ राशि 

कुम्भ राशिका मानिसहरूमा असुरक्षाको भावना चाँडै आउँछ। त्यसपछि तिनीहरू ईर्ष्या गर्न थाल्छन् जोसँग तिनीहरू असुरक्षित महसुस गर्न थाल्छन्। जबकि कुम्भ राशिका मानिसहरु मिहिनेती र परिश्रमी हुन्छन् भने शनिको प्रभावले सफलता मिल्छ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१७:२८

३० वर्षपछि आज ग्रहचक्रमा भयो ‘महापरिवर्तन’: यी ३ राशिको चम्किने भयो भाग्य !