निर्वाचनमा तीन दिन विद्यालय बन्द ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो ।

आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भएकाले विद्यार्थीहरूलाई भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आयोगले भनेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकारसमक्ष अनुरोध गरेको छ ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९०७:५६

चुनावको मुखमा कांग्रेसमा लफडा नै लफडा, तिक्तता छरपस्ट !