काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। आइतबार देखि बिहिबार सम्म लगातार घटेको सुनको मूल्य आज शुक्रबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा आज चाँदी १ हजार ३ सय २० रुपैंयाँमा कारोबार भइरहेको छ।

