शनिको गोचरलाई ज्योतिषशास्त्रमा ठूलो परिवर्तन मानिन्छ किनभने यो सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो। शनिले साढे दुई वर्षमा राशि परिवर्तन गर्छ। आज अर्थात वैशाख १६ गते शनिले आफ्नै राशि मकर राशि छोडेर आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्दैछ। ३० वर्षपछि शनि आफ्नो राशि कुम्भ राशिमा आउँदैछ, जसले सबै मानिसमा ठूलो प्रभाव पार्नेछ। यस्तोमा, ३ राशिका लागि शनिको गोचर भाग्यशाली साबित हुनेछ।
यी ३ राशिको भाग्य चम्किनेछ
मेष राशि

मेष राशिका लागि यो समयले धेरै प्रगति, धन र सम्मान ल्याउनेछ। पुराना मनोकामना पुरा हुनेछन्। यो समय तपाईंको लागि नयाँ कार्य सुरु गर्नको लागि निकै शुभ रहनेछ। सन्तान प्राप्तिको योग रहेको छ। व्यवसायीका लागि पनि समय राम्रो रहनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।
वृष राशि

शनिको गोचरले यस राशीका व्यक्तिहरुका लागि राजयोग निर्माण गर्नेछ। कार्यक्षेत्रमा तपाईंले ठूलो प्रगति तथा लाभ प्राप्त गर्न सक्नुहुनेछ। आम्दानीका स्रोतमा वृद्धि हुँदा तपाईंको आर्थिक स्थिति मजबूत हुनेछ। मान-सम्मान प्राप्त हुनुका साथै पद-प्रतिष्ठा समेत बढ्नेछ। साथै खर्च पनि बढ्नेछ।
मिथुन राशि

शनिको गोचरले मिथुन राशिको स्वास्थ्यमा सुधार ल्याउनेछ। पुरानो बिमारीबाट यस समयमा तपाईंले मुक्ति प्राप्त गर्न सक्नुहुनेछ। हरेक कार्यमा तपाईंलाई भाग्यले साथ दिँदा सफलता मिल्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनसक्छ।

