अंग्रेजी पत्रकारहरूले एटिहाड स्टेडियम बाहिर म्यानचेस्टर सिटी समर्थकलाई प्रिमियर लिग च्याम्पियन र स्पेनिस दिग्गज रियल म्याड्रिड बीच भएको रोमान्चक खेलको बारेमा प्रश्न गर्दा सबैको प्रतिक्रिया विभिन्न थियो।
युरोपमा हरेक हप्ता खेलेको उत्कृष्ट फुटबलको मजा लिने बानी भए तापनि, सिटी र रियल म्याड्रिडले उनीहरू माझ जुन खले प्रस्तुत गरेको थियो त्यो अतुलनीय सौन्दर्यको दृष्य थियो, लत लाग्दो: “यो वर्षौंको उत्कृष्ट खेल थियो, यसमा सबै कुरा थियो? हामी थप चाहन्छौं।” युरोपेली खेलमा डरलाग्दो एस्टाडियो स्यान्टियागो बर्नाबेउबाट सावधान रहेका एक ‘सिटिजन’ समर्थक उत्साहजनक रूपमा भन्छन्।
आधुनिक समय जहाँ फुटबल रणनीति द्वारा घेरिएको छ र तीव्रता, जोस, उच्च दबाब र लो-ब्लक द्वारा प्रभुत्व जमाएको छ। तर रियल म्याड्रिड, जसले फैशन र स्लेटको आदेशको प्रतिरोध गर्दछ र आफ्नै तरिकाले, आफ्नै इतिहास र मानसिकताका साथ जुनसुकै क्लब विरुद्ध डटेर लड्न कटिबद्ध छ।
युरोप कै सबैभन्दा उत्कृष्ट फुटबल खेल्ने टोलीको घरमा, जो जुन सुकै टोली विरुद्ध पनि आफ्नो पकड बनाउन सक्षम रहेको छ, एक विश्व कै सर्वश्रेष्ठ रणनीतिकारको रूपमा रहेका प्रशिक्षकका साथ। रियल म्याड्रिडले यस्तो उत्कृष्ट टोली विरुद्ध उसकै घरेलु मैदानमा आफ्नो रणनीति निकै राम्रोसँग लागू गर्दै विभिन्न कठिन क्षणको बाबजुद पनि जीवित टाईका साथ खेल दोस्रो लेगमा लगेको छ। म्यानचेस्टर सिटी जस्तो कुनै पनि खेलमा आफ्नो पकड बनाउन सक्ने र नियन्त्रण गर्न सक्ने टोली विरुद्ध एक मात्र टोली अडिक रहन सक्थ्यो, त्यो हो रियल म्याड्रिड।
केभिन डे ब्रुइन, फिल फोडेन, रियाद महरेज, बर्नार्डो सिल्भा र गेब्रियल जेसस म्याड्रिडका लागि दुःस्वप्न साबित भए। त्यसमाथि म्याड्रिड कासेमिरो बिना मैदान उत्रिएको थियो। ह्वाइट मूभको सुरुवातमा निसास्सिने दबाबले टोनी क्रुस र लुका मोड्रिचलाई बल बिना नै छोड्यो। र यस्तो गतिमा अगाडि र पछाडिको खेलमा, यदि क्रुससँग बल छैन भने म्याड्रिड निकै सामान्य टोली देखिन्छ।
तर पछिल्लो १२ सिजनमा १० सेमिफाइनल खेलेका, पाँच वर्षमा चार च्याम्पियन्स लिग उपाधि जितेका महान खेलाडीहरूको पुस्ताबाट बनेको यो रियल म्याड्रिड टोलीलाई यस प्रतियोगिताका सबै इन्स र आउटहरू थाहा छ। यस्तो अनुभवले सिटीको केही खराब समयलाई सदुपयोग गर्नबाट रोक्न कसैले पनि सक्ने वाला थिएन, जसले खेल सन्तुलनमा रह्यो। जसपछि आउँछ करिम बेन्जेमा र लुका मोड्रिकको क्लास। खेल ४-३ को अन्तरमा सिटीको पक्षमा गएपनि म्याड्रिड मात्र एक गोल अन्तरमा आफ्नो घरेलु मैदानमा दोस्रो लेग खेल्न खुसी हुनेछ।