१००० वर्षपछि भोली बन्दै ग्रहचक्रमा यस्तो दुर्लभ संयोग, यति बेला देखिनेछ अचम्मको दृश्य !

वैशाख १७ गते अर्थात् भोलीको दिन ग्रह-नक्षत्रको हिसाबले कुरा गर्नु पर्दा निकै विशेष हुने भएको छ। यस दिन सूर्यग्रहण लाग्दैछ र एउटै पङ्क्तिमा चार ग्रहहरू देखिनेछन्। ग्रहहरुको यस्तो संयोग करिब एक हजार वर्षपछि हुँदैछ। यस्तो रेखामा ग्रहहरूको आगमनलाई प्लानेट परेड भनिन्छ। शुक्र, मंगल, बृहस्पति र शनिसहित ४ ग्रह एक पङ्क्तिमा आउन थालेका छन् भने भोली सूर्योदयभन्दा करिब १ घण्टा अगाडि पूर्व दिशामा सिधा रेखामा एकसाथ देखिनेछन्। यसअघि सन् ९४७ मा यस्तो अचम्मको दृश्य देखिएको थियो।

प्लानेट परेडको दुर्लभ दृश्य 

जब ग्रहहरू एक रेखामा देखिन्छन्, तब यस्तो घटनाहरूलाई प्लानेट परेड वा ग्रह परेड भनिन्छ। व्यापक रूपमा भन्नुपर्दा, यो ग्रह परेड तीन प्रकारको हुन्छ। पहिलो, जब सौर्यमण्डलका ३ वटा ग्रह सूर्यको एक छेउमा आउँछन्। दोस्रो, जब एकै समयमा आकाशको सानो क्षेत्रमा केही ग्रहहरू देखिन्छन्। तेस्रो, जब ४ ग्रहहरू एउटै रेखामा देखा पर्छन्, जुन सबैभन्दा दुर्लभ ग्रह परेड हो र हालको ग्रह परेड यही रहको छ।

शुक्र-गुरु अप्रिल ३० मा एकदमै नजिक देखिनेछन् 

यो साता यी ४ ग्रहहरू लगातार एकसाथ आउन थालेका छन्। यसअन्तर्गत शुक्र, मंगल, बृहस्पति र शनि चन्द्रमाको पूर्वी क्षितिजबाट ३० डिग्रीमा देखिनेछन्। यसपछि, वैशाख १७ गते अर्थात् भोली यो दृश्य सबैभन्दा अचम्मको हुनेछ। यस दिन सूर्योदयभन्दा एक घण्टा अगाडि सबैभन्दा चम्किलो ग्रह शुक्र र बृहस्पतिलाई एकसाथ देख्न सकिन्छ। शुक्र बृहस्पतिको ०.२ डिग्री दक्षिणमा हुनेछ। यदि आकाश सफा छ र त्यहाँ कुनै प्रदूषण छैन भने, यी ग्रहहरूको रेखा दूरबीन वा टेलिस्कोप बिना देख्न सकिन्छ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१२:११

भोली लाग्दै वर्षको पहिलो सूर्य ग्रहण: गर्भवती महिला रहनुहोस् सावधान, बच्चामा हुनसक्छ यस्तो असर !