रोनाल्डोले प्रिमियर लिग गोल्डेन बुट जित्ने सम्भावना कति ? यस्तो भए मात्रै जित्नेछन् !

एजेन्सी – बिहिबार राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँग बराबरी खेल्यो। खेलको ६० औं मिनेटमा चेल्सीका मार्काेस अलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि युनाइटेडलाई हारबाट जोगाउने कार्य क्रिस्टियानो रोनाल्डोले गरे।

गोल बेहोरेको दुई मिनेट नबित्दै रोनाल्डोले जवाफी गोल फर्काए। उनले नेमान्जा माटिचको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। उनले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन्।

सो गोलसँगै रोनाल्डो प्रिमियर लिग गोल्डेन बुट दौडमा एक स्थान माथि उक्लिएका छन्। पहिला तेस्रो स्थानमा रहेका रोनाल्डो चेल्सीको खेल पश्चात प्रिमियर लिगको जारी सिजनमा सर्वाधिक गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा उक्लिएका हुन्।

रोनाल्डोले युनाइटेडका लागि प्रिमियर लिगमा यस सिजन २८ खेल खेलेका छन्। जसमा उनले १७ गोल गरेका छन्। तेस्रो स्थानमा रहेका सन ह्युङ मिनले पनि १७ नै गोल गरेका छन्। उनले ३० खेल खेल्दा १७ गोल गरेका हुन्। प्रिमियर लिगको सर्वाधिक गोलकर्ता रहेका मोहम्मद सलाहको २२ गोल छ। सलाहले ३१ खेल खेल्दा यो संख्यामा गोल गरेका हुन्।

रोनाल्डोले गोल्डेन बुट जित्ने सम्भावना कति ?

जारी सिजनमा युनाइटेडले प्रिमियर लिगका ३५ खेल खेलिसकेको छ। शिर्ष गोल कर्ता रहेका सलाह रोनाल्डो भन्दा ५ गोलले अगाडी छन्। खेल्नको लागि युनाइटेडसँग मात्रै तीन खेल छन्। उता सलाहको लिभरपुलले भने पाँच खेल्न बाँकी छ। यस्तोमा उनले सलाहलाई गोलमा भेट्टाउन सक्ने कमै मात्र सम्भावना छ।

तर सलाहले पाँच खेलमा कुनै पनि गोल नगरेको खण्डमा भने रोनाल्डोले उनलाई भेट्टाउनुपर्ने हुन्छ। साथै उनले आउने तीन खेलमा कम्तीमा ६ गोल गर्नुपर्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१४:०१

बायर्नमा सम्झौता थप गर्न लेवान्डोस्कीका दुइ शर्त, पूरा होलान् त ?