लियोनल मेस्सी यो सिजनको विवादास्पद रेटिंगमा युरोपका तेस्रो उत्कृष्ट खेलाडी बनेका छन्। गत समर बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आबद्ध भएदेखि मेस्सीले फ्रान्सेली फुटबलमा आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहेका छन्।
३४ वर्षिय अर्जेन्टिनी स्टारले लिग १ मा चार गोल मात्र गरेका छन् तर लेन्ससँग १-१ को बराबरी खेलेपछि गत साता फ्रान्सेली च्याम्पियन बनेको पीएसजीका लागि १३ असिस्ट प्रदान गर्न सफल भएका छन्। यस सिजन राम्रो प्रदर्शन गर्न कठिनाइ भए पनि मेस्सी युरोपेली फुटबलको शीर्ष पाँच लिगमा तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा परेका छन्, तथ्याङ्क वेबसाइट whoscored.com का अनुसार।
प्रिमियर लिग, ला लिगा, लिग १, सेरी ए र बुन्डेसलिगाका खेलाडीहरूको औसत खेल मूल्याङ्कनका आधारमा यो वरीयता निर्धारण गरिएको हो। यस्तो रेटिङले गोल, असिस्ट, क्लिन शिट, पास सफलता प्रतिशत र म्यान अफ द म्याच प्रदर्शन जस्ता लिग खेलहरूको तथ्याङ्कलाई ध्यानमा राख्छ। अचम्मको कुरा, मेस्सी १० मध्ये ७.७१ को औसत म्याच रेटिङका साथ सूचीमा तेस्रो स्थानमा छन्।
बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की ७.९३ को औसत म्याच रेटिङका साथ शीर्ष स्थानमा छन् भने मेस्सीका पीएसजीका सहकर्मी किलीयन एमबाप्पे ७.९१ अंकका साथ दोस्रो स्थानमा छन्। लेवान्डोस्कीले यो सिजन ३१ लिग खेलमा ३३ गोल गरेका छन् भने एमबाप्पेले पीएसजीका लागि ३१ लिग खेलमा २२ गोल गरेका छन्।
रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा, यस वर्षको ब्यालोन डी’ओर जित्नका लागि प्रमुख दाबेदार, ७.६८ को औसत रेटिङका साथ सूचीमा चौथो स्थानमा छन्। उनले मंगलबार राति म्यानचेस्टर सिटी विरुद्ध दुई गोल गरे र यस सिजनको लागि आफ्नो गोल संख्या ४१ मा पुर्याए, जसमध्ये २५ लिग खेलहरूमा आएका छन्।
बेन्जेमा लिभरपुलका फरवार्ड मोहम्मद सलाहसँग चौथो स्थानमा छन्, जो प्रिमियर लिगका खेलाडीको सूचीमा सबैभन्दा उच्च स्थानमा छन्। यस सिजन प्रिमियर लिगका ३१ खेलमा २२ गोल गरेपछि सलाहको औसत रेटिङ ७.६८ छ।
यस्तो छ टप १० :-
१. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ७.९३
२. किलीयन एम्बाप्पे (पीएसजी) ७.९१
३. लियोनल मेस्सी (पीएसजी) ७.७१
४. करिम बेन्जेमा (रियल म्याड्रिड) ७.६८
५. मोहम्मद सलाह (लिभरपुल) ७.६८
६. जोशुआ किमिच (बायर्न म्युनिख) ७.६३
७. क्रिस्टोफर एनकुन्कु (आरबी लाइपजिंग) ७.६२
८. उस्माने डेमेबल (बार्सिलोना) ७.६०
९. नयमार (पीएसजी) ७.५९
१०. एर्लिङ हालान्ड (बोरुसिया डर्टमुण्ड) ७.५६