एकीकृत समाजवादीका ३५ जना चुनाव अगाडी नै विजयी, आफैं दिए जानकारी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका झन्डै तीन दर्जन जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले एकीकृत समाजवादी पार्टीका न्डै तीन दर्जन जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका हुन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताए। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीका ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको नेपालको भनाई छ।

एकता घोषणा कार्यक्रममा नेपालले पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी दिए।

” झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा(एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग।”,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१५:५३

दुबईमा तीन हजार दिरामको काम दिलाइदिन्छु भनेर लाखौं ठगेपछि …