काठमाडौं – १० खेलाडी लाई निकालेका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।
एसियन कप छनोट चरणको तयारीका प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभई होटलमा राख्नुपर्ने माग खेलाडीका तर्फबाट राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो । अन्य ९ खेलाडीले रोहितका विषयमा छलफल गर्न खोज्दा अलमुताइरील उनीहरु पनि प्रशिक्षण छाडेर जान सक्ने बताएपछि विवाद झन चर्केको थियो ।
मंगलबार क्याम्प छाडेका खेलाडीको ठाउँमा अलमुताइरीले विकेश कुथु,जर्ज प्रिन्स कार्की लगायतका १७ खेलाडी लाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । थपिएका खेलाडीले बुधबार बाट नै प्रशिक्षण सुरु गरेको बताइएको छ । विकेश भने प्रशिक्षणमा सामेल थिएनन् ।
१० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै घटनाविवरण सार्वजनिक गरेका थिए ।
टोलीमा बोलाईका १७ नयाँ खेलाडी
जर्ज प्रिन्स कार्की, विशाल सुनार, अनिष चौधरी, निरकुमार राई, सुनिल श्रेष्ठ, सुशील राई, आकाश बुढामगर, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, अविषेक बराल, संजोक राई, मनिष मगर, विकास तामाङ, रोशन राना, रुपबहादुर लामा, विकेश कुथु